बेरुजु धेरै बढेको भन्दै सांसद गैरेको प्रश्न : यस्तै हो भने हामी कहाँ पुग्छौं ?


२०८२ जेठ १ बिहीबार १८:४७ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले हिजो सार्वजनिक भएको महालेखका परीक्षकको प्रतिवेदनमा धेरै बेरुजु देखिएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन्।  एमालेका सांसद गैरेले महालेखा परीक्षकको प्रतिवेदनले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको सरकारको कार्यक्षमतामाथि प्रश्न उठेको बताएका हुन्। 

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद गैरेले भने, ‘महालेखा परीक्षकको कार्यालयले हिजो राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको वार्षिक प्रतिवेदनमा देखिएको बेरुजुले हाम्रो अर्थतन्त्र र सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएको छ।’  सांसद गैरेले राज्यका निकाय र त्यससँग जोडिएका व्यक्तिले आर्थिक अनुशासन पालना गर्न नसक्दा यस्तो समस्या देखिएको बताए ।  उनले बेरुजु बढ्दै गएमा हामी कहाँ पुग्छौ भन्दै प्रश्न समेत गरे। 

‘आज सबै मुख्य सञ्चारमाध्यमहरुमा आर्थिक बेरुजुको विषयहरु प्रमुख विषय बनेका छन्, यो कुरा यही रुपमा बढ्दै जाने हो भने हामी कहाँ पुग्छौँ भन्ने यसले सन्देश दिएको छ,’ गैरले भने, ‘आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेजुरु भएको छ।’ उनले थपे, ‘त्यसमा संघीय सरकार अन्तर्गत ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकार अन्तर्गत ४ अर्ब २ करोड र स्थानीय तह अन्तर्गत २५ अर्ब ३२ करोड रुपैयाँ बेरुज रहेको छ।’

यसले आर्थिक अनुशासन र कार्यक्षमतामाथि पनि प्रश्न उठाएको तर्क गरेु। ‘यही तरिकाले हामी अगाडि बढ्दै जाने र यही अवस्थालाई हामीले बल दिँदै गर्ने हो भने हाम्रो अर्थतन्त्र, त्यसभित्रको हाम्रो आर्थिक अनुशासन र हाम्रो कार्यक्षमतामाथि यसले गम्भीर प्रश्न उठाएको छ,’ गैरेले भने। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७