बजेट ल्याउने दिन संशोधन गर्न कांग्रेस सांसदको माग


२०८२ जेठ १ बिहीबार १९:२७ बजे
फाइल फोटो

काठमाडौं । आर्थिक वर्षको बजेट ल्याउने दिन परिवर्तन गर्न सत्ता साझेदार नेपाली कांग्रेस सांसदले माग गरेका छन्।  प्रतिनिधिसभाको शून्य समयमा बोल्दै  कांग्रेस सांसद विमलेन्द्र  निधिले बजेट आउने दिन परिवर्तन गर्न माग गरेका हुन् ।

‘जेठ १५ गते सबैभन्दा महत्वपूर्ण दिन हो गणतन्त्र दिवस । जेठ १५ गते अर्को कामकाजी दिवस हो बजेट ल्याउने । अब गणतन्त्र र बजेटको अन्तर हेर्ने हो भने गणतन्त्रको ‘वेटेज’ धेरै हुन्छ, तुलना गर्न सकिदैन । बजेट र गणतन्त्रलाई  तुलना गर्न सकिदैन,’ उनले भने, ‘यसैले बजेट ल्याउने दिन संशोधन गरियोस् ।’ उनले संविधान संशोधन गर्ने दुई दलबीच सहमति नै भएको भन्दै बजेट ल्याउने मिति संशोधन गर्न माग गरेका हुन् ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७