‘राइड शेयरिङ’ विरुद्ध गण्डकीका यातायात व्यवसायी


२०८२ जेठ १५ बिहीबार ००:४१ बजे

गण्डकी । गण्डकी प्रदेश सरकारले ‘राइड शेयरिङ’ कम्पनीलाई वैधानिकता दिएपछि यातायात व्यवसायीले त्यसको विरोध गरेका छन् । 

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर  उक्त नियमावली खारेज हुनुपर्ने बताएको छ । प्रदेश सरकारले राइड शेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्वीकृत गरी यही जेठ १ गते प्रदेश राजपत्रमा प्रकाशन गरेको हो । 

संघर्ष समितिका संयोजक केदारप्रसाद पौडेलले राइड शेयरिङ नियमावलीलाई प्रदेश सरकारले फिर्ता नलिए शुक्रबारदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा बन्द गरिने बताए । प्रदेश सरकारले सर्वोच्च अदालतको फैसलालाई आधार मानेर राइड शेयरिङ कम्पनीलाई वैधानिकता दिन नियमावली जारी गरेको  जनाएको छ ।

सर्वोच्च अदालतले राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारी जस्ता मौलिक हकसँग जोड्दै कानुनी व्यवस्था गर्न आदेश दिएको थियो । यातायात व्यवसायीले भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै राइड शेयरिङको विरोध गर्दै आएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७