गृहमन्त्री लेखक लक्षित दाहालको टिप्पणी : पद र प्रतिष्ठा फरक कुरा  हुन्


२०८२ जेठ १६ शुक्रबार ०६:१९ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का नेता राजन दाहालले पद र प्रतिष्ठामा फरक हुने टिप्पणी गरेका छन् । गृहमन्त्री रमेश लेखक लक्षित गर्दै उनले भनेका छन्, ‘पद र प्रतिष्ठामा फरक हुन्छ । पद आकस्मिकता र आवश्यकताको सम्मिलन हो भने प्रतिष्ठा काम, विश्वास, व्यक्तित्व र लोकप्रियताको संयोजन हो ।’

उनले प्रतिष्ठा बिनाको पद केवल औपचारिकता मात्र हुने बताएका छन् । उनी थप लेख्छन्, ‘पदमा बस्नेले मनन गर्दा राम्रो हुने थियो ।’ अहिले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएका छन् । माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतका दलहरूले उनले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् ।

माओवादी र रास्वपाले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद अगाडि बढ्न नदिने निर्णय गरिसकेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठन हुनुपर्ने समेत माग गरेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७