कोशी राजमार्ग १२ घण्टापछि एकतर्फी सञ्चालन


१९:३२ बजे

काठमाडौं । लगातारको वर्षा पछिको बाढीका कारण अवरुद्ध कोशी लोकमार्गको धरान–धनकुटा सडकखण्ड १२ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । 

कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले लोकमार्गको करिब एक सय मिटर सडक कटान गरेपछि दुवैतर्फको सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए। उक्त सडक निर्माणको लागि सडक विभागको एक र अन्य तीन गरी चारवटा स्काभेटर परिचालन गरिएको थियो । 

शनिबार बिहान ५ बजेदेखि अवरुद्ध सडक १२ घण्टाको निरन्तर प्रयासपछि एकतर्फी रुपमा सञ्चालन आएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी इन्सपेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिएका छन् । लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनमार्फत गाडी सञ्चालनमा ल्याइएको छ । सडक एकतर्फी सञ्चालन भएसँगै दुवैतर्फ रोकिएका सयौं सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७