एआईजी सिद्धिविक्रम शाहलाई दर्ज्यानी, कार्यविभागमा पदस्थापना

काठमाडौं । मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका सिद्धीविक्रम शाहलाई प्रहरी महानिरीक दीपक थापाले दर्ज्यानी चिह्न लगाएका छन् ।
आज (शुक्रबार) महानिरीक्षक थापाले एआईजी शाहलाई दर्ज्यानी प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न प्रदानसँगै शाहलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापना गरिएको छ । शाह गत साता एआईजीमा बढुवा सिफारिस भएका थिए। एआईजी लालमणि आचार्यले उमेर हदका कारण अवकाश पाएसँगै शाहको बढुवा भएको हो ।