राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, कमल थापा पक्राउ


०६:३७ बजे

काठमाडौं । राजावादीको आज (आइतबार) को आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। प्रहरीले राजावादीको आन्दोलनबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ गरेको छ । काठमाडौंको नारायण चौर नक्सालमा आइतबार भएको प्रदर्शनबाट थापा पक्राउ परेका हुन्।

निषेधित क्षेत्र तोड्न खोजेपछि थापा पक्राउ परेका हुन् । थापालाई प्रहरीले घिसार्दै झ्यानाकुटी पारेर भ्यानमा हालेको हो। यस क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारावाजी गरेका छन्। राजसंस्था पुनःस्थापनाका लागि भन्दै राजावादीले बिहीबारदेखि राजधानी केन्द्रित प्रदर्शन गरिरहेका छन् । शनिबार दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइएपछि राजावादी समूह रत्नपार्कबाट बालुवाटारतर्फ लागेको थियो। आइतबार नारायण चौरमा भेला भएका प्रदर्शनकारी प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा लागेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७