राप्रपा नेपालका अध्यक्ष थापासहित ६ जना पक्राउ, प्रहरी परिसरबाटै समातिए सांसद सिंह पनि 


१०:१९ बजे

काठमाडौं । काठमाडौंको नारायणचौरमा आज (आइतबार) भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उनले बताए।

यसरी पक्राउ पर्नेमा थापासहित ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिना रहेका छन्।राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

राप्रपा सांसद सिंह प्रहरी परिसरबाटै समातिए
राप्रपा सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले उनी पक्राउ परेको बताए । उनले आन्दोलनकै क्रममा सिंहमाथि प्रहरीले निगरानी गरिराखेको बताउँदै भने, ‘प्रहरी परिसर आएका बेला उनलाई केहीबेर अघि पक्राउ गरिएको हो।’

राप्रपा महामन्त्री शरदराज पाठकले भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दीपक सिंहलाई बिना कारण पक्राउ गरेर थुनामा राखिएको दाबी गरे। उनले सांसद सिंह पक्राउबारे आफूहरुलाई कुनै जानकारी नदिएको बताए । अध्यक्ष थापा प्रदर्शनका क्रममा आइतबार दिउँसो नक्सालबाट पक्राउ परेका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७