कमल थापा र दिपक सिंहसहित सबैलाई आजै छोड्ने तयारी
जलाइयो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंहसहित पक्राउ परेका सबैलाई प्रहरीले आजै छोड्ने तयारी गरेको छ । थापालाई दिउँसो नारायणचौरमा आयोजित राजावादी प्रदर्शनका क्रममा पक्राउ गरिएको थियो ।
प्रहरीले स्रोतले थापालाई छोड्ने प्रक्रिया भइरहेको बतायो । उनीसँगै पक्राउ परेका पाँच राजावादी कार्यकर्ताहरु पनि छुट्ने भएका छन् । यसैगरी, थापालाई भेट्न जाँदा प्रहरी परिसरबाट पक्राउ परेका राप्रपा सांसद दीपक सिंह पनि छुट्ने छन् । अहिले कागजी प्रक्रिया भइरहेको प्रहरीले स्रोतको भनाइ छ ।
जलाइयो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका छन् । आइतबार काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनमा प्रहरीले अध्यक्ष कमल थापासहित नेताहरूलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर राखिएका थापासहितका नेताहरूलाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएपछि नेताहरूको रिहाइको माग गर्दै काठमाडौंको कालोपुलमा आइतबार बेलुकी पुत्ला जलाएका हुन् । उनीहरूले पुत्ला जलाएर विरोध प्रदर्शन गरेका हुन् ।