काठमाडौं नगर प्रहरी प्रमुख पाण्डे निलम्बित


१०:४२ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति समेत गठन गरेका छन् । गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगर प्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् ।

यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो । समितिले प्रतिवेदन नदिएसम्म बढीमा ६ महिना निलम्बनमा राखिएको प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई दिएको पत्रमा उल्लेख छ । छानबिन समितिका सदस्यहरूको नाम गोप्य राखिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७