दाङमा बस दुर्घटना : ३० जना घाइते, दुईको अवस्था गम्भीर


१८:१७ बजे

दाङ। दाङको तुलसीपुर–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना यात्रु  घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।दाङ दंगीशरण गाँउपालिका गोल्टाकुरीबाट तुलसीपुर आउँदै गरेको ना४ख ४००१ नम्बरको यात्रुवाहक बस र तुलसीपुर–१३ बखरीयामा ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि राप्ती प्रादेशीक अस्पताल तुलसीपुर पठाइएको र उपचार भइरहेको इलाका प्रहरी कार्यलय तुलसीपरका प्रहरी नायब निरीक्षक अनिलसिङ ठकुरीले जनाकारी दिए। घाइतेको उद्धारमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरको कमाण्डमा प्रहरी परिचालन भएका छन् । घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७