भारतमा ‘लिभिङ टुगेदर’ मा बसेकी नेपाली महिलाको विभत्स हत्या


१८:१४ बजे

काठमाडौं । भारतमा हैदरावादमा ‘लिभिङ टुगेदर’ मा बसेकी गर्भवती प्रेमिकाको हत्या गरेको आरोपमा एक नेपाली युवक पक्राउ परका छन्। युवकले लिभिङ टुगेदरमा रहेकी गर्भवती प्रेमिका ३३ वर्षीय तारा बोहराको हत्या गरेको इण्डिया टुडेले जनाएको छ। प्रहरीका अनुसार, हत्यापछि प्रेमिकाको शव लगेज ब्यागमा हालेर सुनसान स्थानमा फालेको भेटिएको छ। हत्यामा संलग्न रहेको आरोपमा ३० वर्षीय नेपाली नागरिक विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गरिएको हैदराबाद प्रहरीले जनाएको छ।

बोहराको शव जुन ४ मा हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्रमा फालिएको लगेजभित्र फेला परेको थियो। विजय एक स्थानीय रेष्टुरेन्टमा कार्यरत सेफ हुन्। उनी तारासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए। फेसबुकमार्फत चिनजान भएका उनीहरूको पछि प्रेम बसेको खुल्न आएको प्रहरीले जनाएको छ। तारा विवाहित थिइन् र उनका दुई सन्तान थिए। तर, उनले अप्रिल १५ मा हैदराबाद आएर विजयसँग बोवरमपेटस्थित भाडाको घरमा बस्न थालेकी थिइन्।

मे २३ मा तारा गर्भवती भएको विषयमा विवाद हुँदा विजयले नाइलन झोलाको डोरीले घाँटी थिचेर उनको हत्या गरेको प्रहरीको भनाइ छ। स्थानीय चौकीदारले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पाँच वटा विशेष टोली बनाएर आरोपीको खोजी थालेको थियो । सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा विजयलाई मेडचल जिल्लाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७