अमेरिकामा आजबाट नयाँ भिसा प्रतिबन्ध


२०:१० बजे
फाइल फोटो

काठमाडौं । अमेरिकामा आजदेखि नयाँ भिसा प्रतिबन्ध नीति लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुन ४ मा जारी गरेको कार्यकारी आदेश आज (सोमबार) देखि कार्यान्वयनमा आउन लागेको हो । ट्रम्पको आदेशअनुसार अफगानिस्तान, इरान, सोमालिया, यमन, लिबिया, सुडान, हाइटी, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी र इरित्रिया लगायतका १२ राष्ट्रका नागरिकलाई अमेरिकी भिसा आवेदनमा पूर्ण प्रतिबन्ध लगाइँदै छ।

यसका अतिरिक्त बुरुन्डी, क्युबा, भेनेजुएला, लाओस, सिएरा लियोन, टोगो, तुर्किमेनिस्तान र भेनेजुएलाका नागरिकहरूको भिसा आवेदनमा आंशिक प्रतिबन्ध लगाइँदै छ। राष्ट्रपति ट्रम्पले यो निर्णय विदेशी आतंकवादी र अन्य सुरक्षा खतराहरूबाट देशलाई जोगाउन आवश्यक भएको बताउँदै आएका छन् । त्यसअघि जारी गरिएका भिसा भने खारेज नहुने ट्रम्प प्रशासनले प्रस्ट पारेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७