गृहमन्त्री ओमप्रकाश अर्यालसँग पाँच देशका राजदूतको भेट
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्याण्ड र स्विजरल्याण्डका राजदूतहरूले बिहिबार शिष्टाचार भेटवार्ता गरेका छन्।
मन्त्रालयमा सम्पन्न भेटवार्तामा नेपालका समसामयिक विषय, देशको विकास र समृद्धि प्रवर्धनका लागि सहयोगका बारेमा विस्तृत छलफल भएको बताइएको छ।
राजदूतहरूले नेपालको वर्तमान अवस्था र आगामी सहयोगको सम्भावनाका बारेमा धारणा व्यक्त गरे । गृहमन्त्री अर्यालले नेपालका हित र समृद्धिका लागि थप अन्तर्राष्ट्रिय सहयोग र साझेदारीका लागि आग्रह गरे।
साथै नेपाललाई आर्थिक र सामाजिक विकासमा सहयोग गर्ने विविध उपायहरूको बारेमा समेत कुराकानी भएको थियो ।
.gif)

.png)


