एनआरएनएका दुई समूहबीच आज एकता घोषणा

फेब्रुअरी अन्तिममा १२ औँ महाधिवेशन


२०८२ मङ्सिर १४ आइतबार ०८:४१ बजे

काठमाडौं : विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) आज एकीकृत हुँदै छ ।
 
आइतबार आइतबार प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा वृहत एकता घोषणा कार्यक्रम हुने डा. बद्री केसी नेतृत्वको एनआरएनएका उपमहासचिव एवम् वार्ता समिति सदस्य सोम सापकोटाले जानकारी दिए  । 

करिब चार वर्षदेखि विभाजनमा रहेको संघमा डा बद्री केसी र महेश श्रेष्ठले नेतृत्व गरिरहेका छन्। 

१० औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो। हाल दुवै संघका अध्यक्ष संघलाई एकतावद्ध गर्न तयार भएका छन्। 

वार्ता समतिका सदस्य सापकोटाले १० औँ महाधिवेशनमा पञ्जीकृत सदस्य र प्रतिनिधि निर्धारणसम्बन्धि विधानको पालना गर्न नसक्दा विवाद उत्पन्न भएको जानकारी दिए। 

विधानअनुसार हरेक १० पञ्जीकृत सदस्यमा १ प्रतिनिधि तोकिने व्यवस्था रहेपनि केही देशमा उक्त प्रक्रिया अवहेलना गरिएको उनको भनाइ छ। 

उनले राजनितिक प्रभाव, व्यक्तिगत ईगो र केही त्रुटिहरु सम्बोधन गर्न नसकेर अरुलाई दोष दिन थाल्दा संघमा विभाजन भएको उल्लेख गर्दै विभाजले कसैलाई पनि फाइदा नपुगेको बताए। 

संगठनमा भएको विभाजनले संगठनका साथै देशलाई पनि ठूलो घाटा लागेको उनको भनाइ छ। छोटो समयमा संघले गैरआवासीय नेपाली र राज्यले गरेको विश्वासलाई चुक्न नदिन फेरि एक हुने वातावरण निर्माण गरेको उनले बताए।  

उनले सबैको सहभागिता र अस्तित्व हुनेगरी एकता गर्न लागिएको बताए। उनका अनुसार १० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुवैतिरका समितिलाई मान्यता दिने, १२ औँ महाविधेशन गर्नको लागि अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दा मामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागि समय थप गर्ने लगायतका सहमति भएको छ।

साथै गैरआवसीय नेपाली संघको सदस्यतासम्बन्धी एमआईएस सिस्टमलाई परिमार्जित गर्दै लाने कुरामा पनि सहमति भएको उनले जानकारी दिए। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७