पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका वडा सभापति कारागार चलान


२०८२ मङ्सिर १६ मंगलबार ०८:५१ बजे

काठमाडौं : पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा आगजनी तथा तोडफोड गर्ने रास्वपा नेतासहित चार जना जेल चलान भएका छन् ।

२४ भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति चन्द्रबहादुर थापासहित ४ जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । एक जना २ लाख धरौटीमा रिहा भएका छन्।

आपराधिक उपद्रव तथा डाँका–चोरीसम्बन्धी अभियोगमा अदालतले थुनामा पठाइएका मध्ये एक नाबालक, बिना (विमला) सापकोटा, चीनबहादुर खवास र रास्वपाका वडा सभापति चन्द्रबहादुर छन्। उनका भाइ हरिबहादुर थापा भने धरौटीमा छुटेका छन्।

जेनजी आन्दोलनको दोस्रो दिन पोखरामा सरकारी तथा निजी संरचनामा व्यापक तोडफोड, आगजनी र लुटपाट भएको थियो। मेयर आचार्यको घर, गाडी, निजी व्यवसायदेखि वरपिपल रिसोर्ट, बगैंचा रिसोर्ट, अंशुभरा स्क्वायर, होटलहरू, स्टलहरू, घरहरू र सरकारी कार्यालयहरू लक्षित आक्रमण भए। विभिन्न व्यक्तिले प्रमाणसहित ३० वटा किटानी जाहेरी दिएका छन्।

कास्कीमा हालसम्म ५७ जना पक्राउ परेका छन्, जसमा १४ जना पुर्पक्षमा, १४ जना धरौटीमा र २९ जना अझै अनुसन्धानमा छन्। सरकारी कार्यालयमा मात्र झण्डै २ करोडभन्दा बढी र निजी क्षेत्रमा करिब साढे ३ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको अनुमान छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७