यी हुन् बालेन्द्र शाह पक्षका रास्वपा केन्द्रीय सदस्यहरू (नामावलीसहित)
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ ।
आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले यसको जानकारी दिए ।
‘यस बैठकले काठमाडौँका मेयर बालेन्द्र शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रूपमा अनुमोदन गरेको छ,’ झाले भने।
केन्द्रीय सदस्यमा अनुमोदन भएकाहरूले पार्टी सभापति रवि लामिछानेसमक्ष शपथग्रहण गरेका छन् । रास्वपा र बालेन्द्र शाहबीच पुस १३ गते एकताबद्ध भएर अगाडि बढ्ने सहमति भएको थियो।
सोही सहमतिअनुसार आगामी प्रतिनिधिसभा चुनावपछि बहुमत आएको अवस्थामा बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने सहमति गरिएको थियो।
- बालेन्द्र शाह वरिष्ठ नेता
- सुनिल लम्साल
- भुपदेव शाह
- सस्मित पोखरेल
- सागर ढकाल
- लक्ष्मण थारु
- रमेश पौडेल
- खगेन्द्र सुनार
- गणेश पौडेल
- सन्तोष गिरी
- नमिता यादव
- सरिता ज्ञवाली
- जेम्स कार्की
- सुशान्त वैद्य
- लक्ष्मी बर्देवा
- शिव यादव
- रोहन कार्की
- अनन्तराज घिमिरे
- रामकुमार ढुङ्गाना
- प्रदीप ज्ञवाली
- मधुसूदन ढकाल
- ओजस्वी थापा
- केपी खनाल
- आदित्य आचार्य
- प्रदीप पाण्डे
- खेमराज साउद
.gif)

.png)

