भोजपुरमा ध्रुव राई ‘माटो’ को अग्रता
काठमाडौं : भोजपुरमा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले अग्रता लिएका छन्। प्राप्त पछिल्लो मतपरिणामअनुसार ध्रुवराज राई ‘माटो’ले ४६७ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का सचिव समेत रहेका उम्मेदवार शेरधन राई ‘सूर्य’ले ४६० मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण थापाले ‘रूख’ चुनाव चिन्हमा ३७० मत प्राप्त गरेका छन् भने रमेश ओझाले ‘घन्टी’ चुनाव चिन्हमा २७१ मत पाएका छन्। त्यस्तै अजम्बर राई काङमाङले ‘तारा’ चुनाव चिन्हमा १८७ मत प्राप्त गरेका छन्। उक्त क्षेत्रमा मतगणना जारी रहेको छ।
.gif)

.png)

