अन्तर्राष्ट्रिय आरोग्य दिवस आज, टुँडिखेलमा विशेष कार्यक्रम


२०८३ बैशाख २ बुधबार १०:१८ बजे

काठमाडौं : आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपालकै पहलमा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेपछि पहिलो पटक औपचारिक रूपमा मनाउन लागिएको हो । 

समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । 

नेपालले प्रस्तुत गरेको प्रस्ताव महासभाबाट गत फागुन २६ मा अनुमोदन भएको थियो। दिवसले सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यासतर्फ सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको छ । 

उपचारभन्दा निवारणमा जोड दिने, स्वस्थ जीवनशैली अपनाउने र मानिस केन्द्रित स्वास्थ्य प्रणालीमार्फत जीवन रक्षा, स्वास्थ्य खर्च न्यूनीकरण तथा रोकथामयोग्य रोग नियन्त्रणमा योगदान पुग्ने विश्वास गरिएको छ।

संयुक्त राष्ट्रसंघले आदिवासी तथा स्थानीय समुदायका परम्परागत ज्ञान र संस्कृतिको महत्त्व स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत उपचार पद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन सहयोग पुग्ने उल्लेख गरेको छ।

यस दिवसले विश्वव्यापी रूपमा जनचेतना अभिवृद्धि, सांस्कृतिक आदानप्रदान र ज्ञान साझेदारीका लागि मञ्च प्रदान गर्ने लक्ष्य लिएको छ।

दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आज बिहान विशेष कार्यक्रम आयोजना गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समारोहको आयोजना गरेको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७