सद्भाव भड्काएको आरोपमा ३९ पक्राउ
काठमाडौं : सामाजिक सद्भाव तथा सार्वजनिक शान्ति भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले विभिन्न जिल्लाबाट ३९ जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार शुक्रबार मात्रै ३९ जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकामध्ये धनुषाबाट २१ जना, सर्लाहीबाट ९ जना, सिरहाबाट ५ जना, महोत्तरीबाट २ जना, पर्साबाट १ जना र सप्तरीबाट १ जना रहेका छन्।
डिआइजी काफ्लेले पक्राउ परेकामाथि सामाजिक सद्भाव तथा सार्वजनिक शान्ति भड्काउने गतिविधिमा संलग्न रहेको आरोपमा थप अनुसन्धान भइरहेको जानकारी दिए।
यसअघि साउन १३ गते सुनसरीबाट २ जना पक्राउ परेका थिए। त्यस्तै साउन १४ गते धनुषाबाट १२ जना, महोत्तरीबाट १० जना र सिरहाबाट १ जनालाई पक्राउ गरिएको भए पनि उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको प्रहरीले जनाएको छ।
.gif)

.png)

