लालपूर्जा भएको पक्की घर पनि भत्काउन थालियो


२०८३ बैशाख १९ शनिबार १६:०७ बजे

काठमाडौँ, १९ वैशाख :  काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ ।

सरकारले नदी किनारका सुकुम्वासी बस्ती हटाउन डोजर चलाउन थालेपछि धोबीखोला करिडोरका बासिन्दाले भित्तामा लालपुर्जा टाँसेका थिए । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार, छानबिनका लागि खटिएको सरकारी टोलीले मापदण्ड विपरितको घरहरू भएको भन्दै भत्काउन निर्देशन दिएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश प्रकाश खरेलको इजलासले संरचना नभत्काउन आदेश दिएको भए पनि त्यसको अवज्ञा गरिएको स्थानीय बासिन्दाको भनाइ छ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७