संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम अनुमोदन
काठमाडौँ : संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइपछि शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन भएको हो ।
सिंहदरबारमा मंगलबार बसेको सुनुवाइ समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सचिवालयले जानकारी दिएको छ । अब राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । संवैधानिक परिषद्ले २४ वैशाखमा शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
मंगलबार बिहानबाट बसेको समितिको बैठकले एकैदिन १६ वटा उजुरीमाथि छलफल, उजुरीकर्तासँग छलफल र प्रस्तावित प्रधानन्यायाधीशमाथि पनि छलफल गरेको थियो।
.gif)

.png)

