४८ दिनपछि गृहमा सुधन गुरुङकाे ‘कमब्याक’
विवाद र छानबिनलाई चिर्दै सुधन गुरुङको शक्तिशाली ‘कमब्याक’
काठमाडौँ : गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद सुधन गुरुङ ४८ दिनको अन्तरालपछि पुनः गृह मन्त्रालय फर्किएका छन्। प्रधानमन्त्री बालेन शाहले आज गरेको मन्त्रिपरिषद् विस्तारमा गुरुङलाई दोस्रो पटक गृहमन्त्रीको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएका हुन्।
मंगलबार अपराह्न राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त गुरुङलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि पहिलो पटक गृहमन्त्री बन्दा गुरुङले मात्र २७ दिन मन्त्रालय सम्हाल्न पाएका थिए। गृहमन्त्री गुरुङले ९ बैशाख २०८३ मा राजीनामा दिएका छन् ।
सम्पत्तिको स्रोतमाथि विवाद उठेपछि र उनीमाथि छानबिन सुरु भएपछि उनले मन्त्रालय छाड्नुपरेको थियो। विवाद र कानुनी प्रक्रियाको सामना गरिसकेपछि प्रधानमन्त्री शाहले उनलाई विश्वास गर्दै ४८ दिनपछि पुनः गृह प्रशासनकै बागडोर सम्हाल्ने गरी मन्त्रालयमा फिर्ता ल्याएका हुन्।
प्रधानमन्त्री शाहले आजै मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनलाई पनि नवप्रवर्तन मन्त्रीमा नियुक्त गरेका छन्। दोस्रो कार्यकालका लागि गृह मन्त्रालयमा भित्रिन लागेका गुरुङका लागि यस पटक सीमा सुरक्षा, अपराध नियन्त्रण र विगतको विवादलाई चिर्दै जनअपेक्षा अनुसार नतिजामुखी काम गरेर देखाउनुपर्ने ठूलो चुनौती र अवसर दुवै रहेको छ।
.gif)

.png)

