जितपछि हालान्डको प्रतिक्रिया: यो अविश्वसनीय क्षण हो, अब जे हुन्छ त्यो बोनस हो


२०८३ असार १७ बुधबार ११:०७ बजे

काठमाडौं, १७ असार – फिफा विश्वकप २०२६ को नकआउट चरणमा ऐतिहासिक जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेपछि नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले अबको यात्रा बनोसको यात्रा हुने बताएका छन् । २८ वर्षपछि विश्वकपमा छनोट भएको नर्वेका लागि यो सफलता ऐतिहासिक रहेको हालान्डले बताएका छन्।

राउन्ड अफ ३२ को खेलमा आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै नर्वे अन्तिम १६ मा प्रवेश गरेको हो। खेल १–१ को बराबरीमा रहेको अवस्थामा हालान्डले निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए। जारी विश्वकपमा हालान्डको यो पाँचौं गोल हो।आफ्नो टोलीको प्रदर्शनबारे बोल्दै हालान्डले भने, ‘यो इतिहास हो र मलाई निकै अद्भूत महसुस भइरहेको छ ।'

अब अन्तिम १६ को खेलमा नर्वेले न्युयोर्कमा ब्राजिलको सामना गर्नेछ। आगामी खेलहरूबारे प्रतिक्रिया दिँदै उनले भने, ‘अब जे हुन्छ त्यो हाम्रा लागि बोनस जस्तै हुनेछ। हामी कुनै पनि दबाब नलिई यस प्रतियोगिताको पूर्ण आनन्द लिनेछौं, किनभने यस्तो भावना फेरि प्राप्त गर्न कठिन हुन्छ ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७