नर्भिकले ४२.१०५ प्रतिशत लाभांश बाँड्ने

२० प्रतिशत बोनस शेयर


२०८३ भदौ २८ आइतबार ०७:१८ बजे

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। अस्पतालको हालै सम्पन्न छैटौँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र २२.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ। यसका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्नेलगायत आवश्यक प्रक्रिया अघि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिइएको छ।

अस्पतालको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक नर्भिकको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको छ। सो अवधिमा अस्पतालको कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ। फार्मेसीसमेत जोड्दा अस्पतालको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। यस अवधिमा कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

नर्भिकले आर्थिक वर्ष २०८२/८३ मा १ लाख ७९ हजारभन्दा बढी बिरामीलाई बहिरंग सेवा प्रदान गरेको जनाएको छ। त्यस्तै, ९ हजारभन्दा बढीले अन्तरंग सेवा र ६ हजारभन्दा बढीले आकस्मिक सेवा लिएका छन्। अस्पतालका अनुसार सो अवधिमा ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७