वैदेशिक रोजगारीमा ठगी: एकैदिन २५ वटा मुद्दा दर्ता, ८ जना पक्राउ

फरार १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी


२०८३ असार १९ शुक्रबार १९:३८ बजे

काठमाडौं :  वैदेशिक रोजगारीको नाममा हुने ठगी तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न सरकारले आफ्नो निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। वैदेशिक रोजगार विभागको मुद्दा तथा अनुसन्धान शाखाले कानुन उल्लंघन गर्नेहरूविरुद्ध कडा कदम चाल्दै एकैदिन २५ वटा नयाँ मुद्दा दर्ता गरेको छ।

विभागले आज ठगीको आरोपमा ८ जना आरोपितलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ। सोही प्रकरणमा संलग्न भई फरार रहेका १९ जनाविरुद्ध भने पक्राउ पुर्जी जारी गरिएको विभागले जनाएको छ।

विभागको संस्था अनुगमन शाखाले पनि आफ्नो सक्रियता बढाएको छ। शाखाले आज तीनवटा म्यानपावर कम्पनीलाई विभिन्न कैफियतका विषयमा पत्राचार गर्दै सचेत गराएको छ। साथै, वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका दुईजना श्रमिकको आजै उद्धार गरिएको छ भने दर्ता भएका ५ वटा उजुरीलाई फर्छ्योट गरिएको छ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने सरकारी अभियानअन्तर्गत यी कदमहरू चालिएको विभागले स्पष्ट पारेको छ। ठगीमा संलग्न जोसुकैलाई पनि कानुनको दायरामा ल्याउने र पीडित श्रमिकलाई न्याय दिलाउने कार्यलाई निरन्तरता दिइने विभागको भनाइ छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७