गणेश नेपाली आत्मदाह प्रकरण : छानबिन समिति गठन, ३ महानगर प्रहरी नियन्त्रणमा


२०८३ असार २६ शुक्रबार १७:३८ बजे

काठमाडौं । गणेश नेपाली आत्मदाह प्रकरणको निष्पक्ष छानबिन गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले डिआइजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिए।

गृहमन्त्रीका अनुसार घटनाको अनुसन्धान तथा सोधपुछका लागि काठमाडौं महानगरपालिकाका तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ।

उनले सरकारले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही गरिने बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७