प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको आरोप


२०८३ श्रावण ५ मंगलबार १९:०८ बजे

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ।

आयोगले मंगलबार अधिकारीसहित दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै ठेक्का स्वीकृति, अनुगमन तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिएबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अनुसन्धानका क्रममा अधिकारीले गैरकानुनी रूपमा आर्जन गरेको रकम लुकाउन र वैध देखाउन ललितपुर महानगरपालिका–५ स्थित १३ आना जग्गा श्रीमतीको नाममा खरिद गरेको खुलेको छ।

आयोगका अनुसार उक्त जग्गाको राजीनामा लिखतमा ९१ लाख रुपैयाँ मात्रै मूल्य कायम गरी वास्तविक कारोबार लुकाउने प्रयास गरिएको थियो। बाँकी १ करोड ७१ लाख रुपैयाँ विभिन्न बैंक खातामार्फत वैधानिक देखाउने प्रयास गरिएको भन्दै अधिकारीमाथि सम्पत्ति शुद्धीकरणको कसुरसमेत लगाइएको छ।

अख्तियारले अधिकारीसँग १ करोड ७१ लाख रुपैयाँ जरिवाना असुल गर्न, राष्ट्रसेवक भएकाले प्रचलित कानुनअनुसार थप सजाय गर्न तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप कारबाहीको माग गरेको छ।

यसका साथै घुसको रकमबाट खरिद गरिएको ललितपुरस्थित १३ आना जग्गा जफत गर्न पनि आयोगले विशेष अदालतसमक्ष मागदाबी गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७