विद्यार्थीप्रति अदालत अनुदार: प्रधानन्यायाधीशले भने, ‘अदालतको समय खेर नफाल्नुहोस्’


२०८३ श्रावण ६ बुधबार १४:०५ बजे

नयाँ दिल्ली : भारतको सर्वोच्च अदालतले नीट प्रश्नपत्र चुहावटको आरोपलाई लिएर दिल्लीमा जारी विद्यार्थी आन्दोलनको विषय अदालतमा उठाउने प्रयास अस्वीकार गरेको छ। प्रधानन्यायाधीश सूर्यकान्तको नेतृत्वमा बसेको तीन सदस्यीय इजलासले आन्दोलनसँग सम्बन्धित भिडियो हेर्न अस्वीकार गर्दै यस विषयमा अदालतको समय खर्च गर्न नसकिने स्पष्ट पारेको हो। इजलासमा न्यायाधीश जॉयमाल्या बाग्ची र भी. मोहना पनि सहभागी थिए।

सुनुवाइका क्रममा एक अधिवक्ताले जन्तर–मन्तरमा आन्दोलन जारी रहेको, प्रदर्शनकारीमाथि प्रहरीले कडा बल प्रयोग गरिरहेको तथा अश्रुग्याससमेत प्रहार गरिएको भन्दै अदालतको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानन्यायाधीश सूर्यकान्तले भने, 'हाम्रो र तपाईंको समय खेर नफाल्नुहोस्। तपाईंको समय हाम्रोभन्दा पनि मूल्यवान् छ।' 

अधिवक्ताले त्यसपछि विद्यार्थीहरूको मुख्य माग निष्पक्ष र स्वतन्त्र रूपमा नीट परीक्षा सञ्चालन गर्नुपर्ने तथा नेशनल टेस्टिङ एजेन्सी (एनटीए) लाई विघटन गर्नुपर्ने रहेको बताए। तर इजलासले थप सुनुवाइमा रुचि नदेखाएपछि अधिवक्ताले आन्दोलनका भिडियोहरू देखाउन चाहेको बताए। त्यसमा प्रधानन्यायाधीशले, 'हामी भिडियो हेर्न इच्छुक छैनौँ। हामीसँग हेर्ने समय छैन,' भन्दै अस्वीकार गरे।

यसैबीच, दिल्लीको जन्तर–मन्तरमा ककरोच जनता पार्टी (सिजेपी) को नेतृत्वमा जारी आन्दोलन झन् चर्किएको छ। नीट प्रश्नपत्र चुहावट र प्रतिस्पर्धात्मक परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा सुरु भएको आन्दोलनमा विद्यार्थी, अधिकारकर्मी तथा विपक्षी दलका नेताहरूको पनि समर्थन जुटेको छ।

सोमबार संसदतर्फ मार्च गरेका प्रदर्शनकारीलाई दिल्ली प्रहरीले रोकेपछि झडप भएको थियो। त्यस क्रममा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको थियो भने धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको थियो। घटनापछि दिल्ली प्रहरीले हिंसासम्बन्धी विभिन्न मुद्दामा एकभन्दा बढी एफआईआर दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७