सिराहाको एबी मलमा आगजनी
काठमाडौं : सिरहामा प्रदर्शन उग्र बन्दै जाँदा आगजनी र तोडफोडका घटना बढ्न थालेका छन् । बिहीबार बिहानदेखि सुरु भएको प्रदर्शन चर्किँदै गएपछि जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ ।
प्रदर्शनका क्रममा सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन ।
तनाव बढेपछि जिल्ला प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपस्थिति बढाइएको छ ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पालना गर्न र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।
.gif)

.png)

