गृहमन्त्री गुरुङ सुनसरी जाँदै
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि उनी पछिल्ला दिनदेखि तनावग्रस्त बनेको सुनसरीको स्थलगत अनुगमनका लागि त्यसतर्फ जान लागेका हुन् ।
सुनसरीमा उत्पन्न सुरक्षा अवस्था, दुई समुदायबीच भएको हिंसात्मक झडप र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिन गृहमन्त्री गुरुङले प्रभावित क्षेत्रको भ्रमण गर्न लागेका हुन् ।
गृहमन्त्रीसँगै स्वास्थ्यमन्त्री निशा मेहता तथा केही सांसदहरू पनि सुनसरी जाने कार्यक्रम रहेको छ । सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव सिरहा, धनुषा, सर्लाहीलगायत अन्य जिल्लामा समेत फैलिन थालेको छ । विभिन्न स्थानमा प्रदर्शन, झडप, आगजनी र कर्फ्यूको अवस्था सिर्जना भएपछि सरकारले उच्चस्तरीय रूपमा परिस्थितिको अनुगमन, सुरक्षा समन्वय र आवश्यक कदम चाल्न थालेको छ ।
गृहमन्त्रीको भ्रमणका क्रममा स्थानीय प्रशासन, सुरक्षा निकायका अधिकारी तथा सरोकारवालासँग छलफल गरी शान्ति–सुरक्षा सुदृढ गर्ने विषयमा आवश्यक निर्देशन दिने कार्यक्रम रहेको जनाइएको छ।
.gif)

.png)

