चितवनमा गृहमन्त्री सुधन गुरुङको खानामा माछाको काँडा भेटिएपछि भान्छेहरू नियन्त्रणमा


२०८३ असार ९ मंगलबार १८:२८ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका लागि चितवनमा रहेका गृहमन्त्री सुधन गुरुङको खानामा माछाको काँडा भेटिएपछि प्रहरीले दुई जना भान्छे(कुक) लाई नियन्त्रणमा लिएको छ।

भरतपुर विमानस्थल अगाडिको एक होटलमा गृहमन्त्री गुरुङले खाएको अण्डाको अम्लेटभित्र माछाको काँडा फेला परेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले अनुसन्धान अघि बढाएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलले घटनाको वास्तविकता बुझ्न र सोधपुछका लागि होटलका दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन् ।

सामान्यतया अण्डाको अम्लेटमा माछाको काँडा भेटिनु अस्वाभाविक भएकाले प्रहरीले यसलाई गम्भीरतापूर्वक लिएर छानबिन थालेको बताएको छ। गृहमन्त्रीजस्तो विशिष्ट व्यक्तिको खाजा तयारीमा भएको यस्तो लापरबाही वा त्रुटी कसरी हुन पुग्यो भन्ने कोणबाट प्रहरीले सोधपुछ गरिरहेको छ।

यसैबीच, गृहमन्त्री गुरुङको सचिवालयले भने यो घटनाको खण्डन गरेको छ। सचिवालयले कुनै पनि होटल कर्मचारी वा भान्छेलाई पक्राउ नगरिएको दाबी गर्दै बाहिर आएका समाचारहरू सत्य नभएको स्पष्ट पारेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७