ब्रड पिकमा ‘निम्सदाइ’को शव फेला
काठमाडौं । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को शव पाकिस्तानस्थित ब्रड पिक हिमालमा फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) का अनुसार हिमपहिरोमा बेपत्ता भएको तीन दिनपछि आइतबार ब्रड पिकको करिब ५,७०० मिटर उचाइमा निम्सदाइको शव फेला परेको हो।
गत बिहीबार बिहान क्याम्प-२ बाट क्याम्प-३ तर्फ उक्लिने क्रममा आएको हिमपहिरोमा परी निम्सदाइसहित उनको आरोहण टोली सम्पर्कविहीन भएको थियो। यसअघि शनिबार अभियान आयोजक कम्पनी एलिट एक्सपेडले पाकिस्तानी पर्वतारोही सोहेल साखीसहित अभियानमा सहभागी सबै सदस्यको निधन भएको जनाएको थियो।
आइतबारसम्म तीन जना पर्वतारोहीको शव उद्धार गरिएको थियो। साथै, एक अमेरिकी पर्वतारोहीको हुन सक्ने विश्वास गरिएको शवका अवशेष पनि फेला परेको एसीपीकी नायला कियानीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ। त्यसपछि एसीपीले जारी गरेको विज्ञप्तिमार्फत निम्सदाइको शव फेला परेको औपचारिक पुष्टि गरेको हो।
.gif)

.png)

