सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक


२०८३ श्रावण १८ सोमबार १६:०१ बजे

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा खसेको पहिरो पन्छाइएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिन बजार नजिक सोमबार दिउँसो २स्१० बजे पहिरो खस्दा अवरुद्ध भएको सडक दिउँसो करिब ३स्३० बजेदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

पहिरो हटाउन सडक डिभिजनको टोलीले आवश्यक उपकरण प्रयोग गरी अवरोध हटाएको थियो। पहिरो पन्छाइएपछि सडकमा दुवैतर्फबाट सवारीसाधन सञ्चालन सुरु भएको कार्यालयले जनाएको छ।

यसअघि सोमबार बिहान पनि सोही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि केही समय एकतर्फी मात्र यातायात सञ्चालन गरिएको थियो। त्यसपछि सडक पूर्ण रूपमा सञ्चालनमा आए पनि पुनः पहिरो खसेर अवरुद्ध भएको थियो। अहिले भने सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७