ट्रम्पको घोषणा : इरानमाथि अहिलेसम्मकै कडा आर्थिक कारबाही

इरानलाई सहयोग गर्ने देशमाथि पनि कारबाहीको चेतावनी


२०८३ भदौ ४ बिहीबार ०७:५३ बजे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘अभूतपूर्व र निकै कडा आर्थिक अभियान’ सुरु गर्ने घोषणा गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत इरानविरुद्ध कुनै पनि देशमाथि अहिलेसम्म लगाइएको सबैभन्दा कडा आर्थिक कारबाही सुरु गर्न लागेको बताएका हुन्।

उनले यसलाई ठूलो स्तरको आर्थिक युद्ध तथा इरानलाई अन्तर्राष्ट्रिय रूपमा अलग्याउने अभियानका रूपमा अघि बढाइने बताएका छन्। ट्रम्पले इरानको सैन्य तथा आर्थिक शक्ति कमजोर बनाउने आफ्नो पुरानो प्रतिबद्धता दोहोर्‍याउँदै इरानलाई आर्थिक सहयोग वा कुनै प्रकारको ‘जीवनरेखा’ उपलब्ध गराउने देशले समेत गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

उनका अनुसार वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई सहयोग गर्ने देश पनि अमेरिकी कारबाहीको दायरामा पर्न सक्नेछन्। ट्रम्पले विशेषगरी तेल तस्करी, तेल ट्यांकरको अदलीबदली, नगदमार्फत रकम पठाउने, मनी एक्सचेन्ज कम्पनीको प्रयोग गर्ने तथा जहाजलाई नक्कली कम्पनीका नाममा दर्ता गर्ने जस्ता गतिविधिलाई समेत लक्षित गरिएको बताएका छन्।

वक्तव्यको अन्त्यमा उनले यस अभियानलाई ‘ऐतिहासिक कदम’ को संज्ञा दिएका छन्। उनले दोस्रो विश्वयुद्धका क्रममा नर्मन्डीमा अमेरिकी सैनिकको अवतरणसँग यसको तुलना गर्दै अमेरिकी सहयोगी राष्ट्रहरूलाई इरानबाट उत्पन्न हुने खतरा अन्त्य गर्न अमेरिकालाई साथ दिन अपिल गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७