नेपाललाई आवश्यक सहयोग गर्न तयार छौँः अमेरिकी राष्ट्रपति ट्रम्प


२०८३ भदौ १२ शुक्रबार ०७:२१ बजे

अमेरिकाले नेपालमा आएको भोटेकोशी बाढीबाट भएको क्षतिप्रति चासो जनाउँदै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताएका हुन्।

अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ट्रम्पले यस्तो धारणा व्यक्त गरेका हुन्। भोटेकोशी बाढीबाट नेपालमा ठूलो क्षति भएको विषयमा आफूले नेपाली अधिकारीहरूबाट जानकारी लिएको ट्रम्पले बताए।

आवश्यक जानकारी दिएपछि ट्रम्पले नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको जानकारी आफूले गराएको उनको भनाइ छ। उनले नेपाललाई संकटका बेला अमेरिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको एनबिसी न्यूजले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७