श्रम संस्कृति पार्टीले बाढीपीडित कोषमा १५ लाख दिने


२०८३ भदौ १४ आइतबार २१:४० बजे

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। साम्पाङले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको तर्फबाट बाढीपीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन्।

उनले लेखेका छन्, “हाम्रो कलिलो तर मलिलो श्रम संस्कृति पार्टीले बाढी पीडित कोषमा १५ लाख रुपैयाँ जम्मा गर्ने घोषणा गर्दछौँ ” साम्पाङका अनुसार उक्त रकम तत्काल पार्टीको तर्फबाट सहयोग गरिनेछ। साथै, आगामी दिनमा सञ्चालन गरिने 
राहत तथा साथ अभियानमार्फत थप सहयोग जुटाउने उनले बताएका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७