फोटो पत्रकार समूहले दियो बाढीपीडितलाई ७७ हजार ७७७ रुपैयाँ
काठमाडौं : राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो।
एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा गएको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनालाई रकम जम्मा गरिएको बैंक भौचर हस्तान्तरण गरेको छ। भौचर हस्तान्तरण कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
.gif)

.png)

