गगन थापाले दर्ता गराए सभापति पदमा उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
नेता थापाले बिहीबार साँझ ६ बजेर ५ मिनेटमा राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले मनोनयन दर्ताको समय बढाएर साँझ ७ बजेसम्म पुर्याएको छ।
.gif)

.png)


