पुष्पा भुसाल उपसभापतिमा निर्विरोध निर्वाचित
काठमाडाैं : नेपाली कांग्रेसको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो। यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट भुसाल उपसभापति बनेकी थिइन्।
.gif)

.png)


