बिहान १०:२६ बजे दसैँको टीकाको उत्तम साइत
काठमाडौं : यस वर्षको बडादसैँमा विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ।
विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजे टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ। टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्ने समितिले जनाएको छ।
यस वर्ष असोज २५ गते घटस्थापना परेको छ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे रहेको छ। त्यस्तै, असोज ३१ गते फूलपाती, कात्तिक १ गते महाअष्टमी, कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजया दशमी परेको छ।
दसैँको अन्तिम दिन कात्तिक ८ गते कोजाग्रत पूर्णिमाको अवसरमा अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिने समितिले जनाएको छ।
.gif)

.png)


