भोजपुर नगरपालिकाकी उपप्रमुख शेर्पाले दिइन् राजीनामा


२०८३ असोज २२ बिहीबार १३:५२ बजे

भोजपुर : भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन्।

आफू आबद्ध नेकपा (एमाले)ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको शेर्पाले बताइन्।

यसैगरी, एमालेबाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन्। उनलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।

पार्टीबाट निष्कासनमा परेपछि जनप्रतिनिधिका रूपमा पदमा रहिरहनु नैतिक रूपमा उचित नहुने भन्दै दुवैले राजीनामा दिएको जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७