सभापति बनेपछि गगन थापाले आज पहिलोपटक विशेष सम्बोधन गर्ने
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका छन् ।
१५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले पदभार ग्रहण गरेपछि सभापति थापाले पहिलोपटक पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा पार्टीभित्रका विषयमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न लागेका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज दिउँसो २ बजे ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा विशेष सम्बोधन कार्यक्रम राखिएको छ ।
सम्बोधनअघि थापाले पार्टीका प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ ।
महाधिवेशनपछि पार्टीको सांगठनिक अवस्था, नयाँ केन्द्रीय कार्यसमितिको तत्कालीन कार्ययोजना तथा मुलुकको वर्तमान आर्थिक र राजनीतिक परिस्थितिमा कांग्रेसको भूमिकाबारे थापाले आफ्नो धारणा राख्ने बताइएको छ ।
.gif)

.png)




