रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान


२०८३ कार्तिक ७ शुक्रबार ०८:४० बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन्। 

तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि उनी शुक्रबार भारत प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा उनले परिवारसहित भारतका दुई प्रसिद्ध धार्मिक स्थलमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको लामिछानेको निजी सचिवालयले जानकारी दिएको छ।

उनी भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुग्नेछन्।

तीन दिनको आध्यात्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७