परिवारसहित आज भारत जाँदै रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि आज भारत जाने भएका छन्।
भ्रमणका क्रममा उनले भारतका दुई प्रसिद्ध धार्मिक स्थलमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
लामिछानेको निजी सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक ६ गतेदेखि सुरु हुने भारत भ्रमणबारे जानकारी दिएको हो।
सचिवालयका अनुसार लामिछाने धनगढी हुँदै भारत जानेछन्। त्यहाँबाट उत्तराखण्डस्थित नैनीतालको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिर पुगेर सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ।
तीन दिनसम्म चल्ने भ्रमण पूर्ण रूपमा निजी, पारिवारिक तथा आध्यात्मिक प्रयोजनका लागि रहेको सचिवालयले जनाएको छ। धार्मिक स्थलहरूको भ्रमण सम्पन्न गरेपछि लामिछाने स्वदेश फर्किने कार्यक्रम छ।
.gif)

.png)



