दसैंको तेस्रो दिन काठमाडौंमा चहलपहल बढ्दै
काठमाडौं : विजयादशमीको तेस्रो दिन काठमाडौँ उपत्यकामा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ।
दसैंका कारण सुनसान बनेका सडकमा आफन्त तथा मान्यजनकहाँ टीका थापेर फर्किनेहरूको आवागमन बढेसँगै उपत्यकाको जनजीवन सामान्यतर्फ फर्किन थालेको हो। दसैंको बिदामा न्यून देखिएको सवारी आवागमन शुक्रबार बढेको छ।
बिहीबारको तुलनामा शुक्रबार काठमाडौँबाट लामो तथा छोटो दूरीमा चल्ने सार्वजनिक सवारीसाधन बढी सञ्चालन भएका छन्। यसले दसैँमा आफन्तकहाँ टीका लगाउन जाने तथा फर्किने यात्रुलाई सहज भएको छ।
त्यस्तै, उपत्यकाबाहिरबाट काठमाडौँ भित्रिने सवारीसाधनको सङ्ख्या पनि बढ्न थालेको छ। सवारीसाधन र पैदल यात्रुको आवागमन बढेसँगै सडकमा चहलपहल देखिन थालेको हो।
दसैंका कारण बन्द रहेका बजार तथा पसलहरू पनि क्रमशः खुल्न थालेका छन्। बजार खुल्ने क्रम र सर्वसाधारणको आवागमन बढेसँगै उपत्यकाको दैनिकी बिस्तारै नियमित अवस्थामा फर्किन थालेको छ।
.gif)

.png)



