रानीपोखरीमा पुरुषको शव भेटियो

सिसिटिभीमा पौडी खेल्दै बीच भागतर्फ गएको देखियो


२०८३ असोज २९ बिहीबार १४:३३ बजे
फाइल फोटो

काठमाडौं : काठमाडौंको ऐतिहासिक रानीपोखरीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

बुधबार साँझ करिब साढे ७ बजे ३५ देखि ४० वर्ष उमेरका देखिने पुरुषको शव पोखरीभित्र फेला परेको हो। मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए। 

पोखरीको किनारमा उनको कपडा भेटिए पनि परिचय खुल्ने कुनै कागजात फेला नपरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलको सिसिटिभी फुटेजमा ती पुरुष पौडी खेल्दै रानीपोखरीको बीच भागतर्फ गएको देखिएको छ। 

यद्यपि, घटनाको वास्तविक कारण र मृत्यु हुनुअघिको परिस्थितिबारे अनुसन्धान भइरहेको छ। मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। पोस्टमार्टमबाट मृत्युको कारण खुल्ने अपेक्षा गरिएको छ।

घटनाबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ। मृतकको पहिचान खुलाउने तथा घटनाको वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७