ट्राफिक नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा


२०८३ कार्तिक ९ आइतबार ०८:२६ बजे
फाइल फोटो

काठमाडौं : काठमाडौं उपत्यकामा शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा परेका छन्। 

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनेदेखि तीव्र गति र ट्राफिक सङ्केत उल्लङ्घन गर्नेसम्मका चालकलाई कारबाही गरेको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९९ र तीव्र गतिमा सवारी चलाउने ११५ चालक कारबाहीमा परेका छन्। 

त्यस्तै, सीसी क्यामरामार्फत ४० र रातो बत्ती उल्लङ्घन गर्ने ३७ चालक कारबाहीमा परेका छन्।

यसैगरी, हर्न निषेधको उल्लङ्घन गर्ने नौ, लेन अनुशासन पालना नगर्ने दुई र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने सात सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ। अन्य कसुरमा १६१ सवारीसाधन कारबाहीमा परेका छन्।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी नियम उल्लङ्घन गर्ने चालकमाथि निगरानी बढाउनुका साथै कारबाहीलाई निरन्तरता दिइएको जानकारी दिएका छन्। 

ट्राफिक नियमको पालना गराई सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले निगरानी र कारबाही जारी राखिएको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७