सैनिक हवाई सेवाले पूरा गर्‍यो दुई लाख घण्टा उडान


२०८३ कार्तिक १२ बुधबार १८:०२ बजे
तस्बिरहरूः नेपाली सेना

काठमाडौं : नेपाली सेनाको सैनिक हवाई सेवाले दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको छ। 

उक्त उपलब्धिको अवसरमा प्रधान सेनापति महारथी अशोकराज सिग्देलले बुधबार गौचर ब्यारेकमा निर्माण गरिएको शिलालेख अनावरण गरेका छन्।

त्यस अवसरमा सैनिक हवाई सेवाको इतिहास समेटिएको ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ नामक पुस्तकसमेत विमोचन गरिएको नेपाली सेनाले जनाएको छ।

वि.सं. २०२२ सालमा स्थापना भएको सैनिक हवाई सेवाले विपद् व्यवस्थापन, उद्धार तथा कठिन परिस्थितिमा हवाई साधनमार्फत सेवा प्रदान गर्दै आएको छ।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तथा सैनिक हवाई सेवामा कार्यरत र अवकाशप्राप्त रथीवृन्द र अधिकृतहरूको उपस्थिति थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७