गण्डकीका सर्वोत्कृष्ट प्रहरी बने इन्स्पेक्टर श्रेष्ठ
काठमाडौं : गोरखाको आरुघाटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिल श्रेष्ठ गण्डकी प्रदेशको असोज महिनाको सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन्।
उनको कार्यको मूल्याङ्कन गर्दै श्रेष्ठलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ।
अवैध हातहतियार नियन्त्रण, जबरजस्ती करणीको आरोपमा फरार व्यक्तिको पक्राउ, हिमाल आरोहणका क्रममा मृत्यु भएका विदेशी नागरिकको उद्धार तथा उईनगुलुङ खोला थुनिएर बूढीगण्डकी नदीमा आएको बाढीबारे समयमै पूर्वसूचना प्रवाह गर्ने कार्यमा श्रेष्ठले योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र घर्ती क्षेत्रीले श्रेष्ठलाई प्रशंसापत्र हस्तान्तरण गरेका हुन्।
यसअघि भदौ महिनामा तनहुँको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरीक्षक प्रदीप सुवेदी गण्डकी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका थिए।
.gif)

.png)



